आफ्नो पक्षका सांसदहरुलाई संसदको गतिविधिमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन

File photo
File photo

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई संसदको गतिविधिमा सक्रियतापुर्वक केन्द्रित हुन  निर्देशन दिएका छन्।

आज बसेको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भोली (आईतबार) ४ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई सक्रिय रहन निर्देशन दिएका हुन्। साथै ओलीले सबै समस्याका समाधानहरु विधिवत रुपमा अन्त्य हुदै जानेपनि बताए। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा ११५ सांसदको सहभागी रहेको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए। 

भट्टराईका अनुसार ९१ जना प्रतिनिधिसभाका र २४ जना राष्ट्रिय सभाका सदस्यले बैठकमा उपस्थिति जनाएका थिए। 
 

प्रकाशित मिति: : 2021-03-06 17:40:00

प्रतिकृया दिनुहोस्