प्रधानमन्त्री ओलीले स्वीच थिचेर खसाले मेलम्चीको पानी सुन्दरीजलमा

लामो समयपछि मेलम्चीको पानी सुन्दरीजल आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षण तथा अवलोकन गरेका छन्। 

शनिबार एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुन्दरीजलमा पानी खसालेका हुन्। बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा भरिएको पानी सुन्दरीजल आइपुगेको हो। 

सुन्दरीजलमा आएको पानीलाई प्रशोधन गरेर परीक्षण गरिनेछ। बैशाखको दोस्रो सातादेखि घरघरमा पानी वितरण हुने प्रधानमन्त्री ओलीले बताए। निर्माणकार्य सुरु भएको १२ वर्षपछि मेलम्चीको सुरुङबाट ल्याइएको पानी सुन्दरीजलमा आइपुगेको हो।

प्रकाशित मिति: : 2021-03-06 18:39:00

प्रतिकृया दिनुहोस्