नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेट : बालुवाटार र ग्रेट हिमालय विजयी

Everest Times Uk
Everest Times Uk

बालुवाटार क्रिकेट क्लब र ग्रेट हिमालय क्रिकेट एकेडेमी काठमाडौँमा जारी नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगितामा आ आफ्नो खेलमा विजयी भएका छन्। 

धुम्बाराहीस्थित पाकिस्तानी राजदूतावासको मैदानमा आज भएको पहिलो खेलमा बालुवाटारले बलपार्क एकेडेमीलाई नौ विकेटले पराजित गरेको हो। मैदान ओसिलो भएका कारण खेललाई १० ओभरमा सिमित गरिएको थियो। 

टस जितेर ब्याटिङ गरेको बलपार्कले १० ओभरमा दुई विकेट गुमाएर १०८ रन बनायो। बलपार्कले दिएको १०९ रनको विजय लक्ष्य बालुवाटारले आठ ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो। बालुवाटारका लागि इन्द्र कमलले अविजित ६९ रनको योगदान दिए। 

यसैगरी आजै भएको अर्को खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई ६ विकेटले पराजित गर्यो। पहिला ब्याटिङ गरेको पुल्चोकले सवै विकेटको क्षतिमा १७० रन बनायो। एक सय ७१ रनको विजय लक्ष्य ग्रेट हिमालयले चार विकेटको क्षतिमा पूरा ग¥यो। रासस 

प्रकाशित मिति: : 2021-03-06 21:52:00

प्रतिकृया दिनुहोस्