प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड(१९) विरुद्धको खोप लगाएका छन्।

दोस्रो चरणको खोप अभियानअन्तर्गत आइतबार बिहान प्रधानमन्त्री ओलीले त्रिभूवन विश्वविद्याय  शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन्।

प्रधानमन्त्री ओलीलाई अहिले बिहान खोप लगाएपछि दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिएको हो।

उनले सबैलाई यस अभियानमा सहभागी हुन आह्वान पनि गरे।

दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ।

यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ।

खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ। यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थिय।

प्रकाशित मिति: : 2021-03-07 11:04:00

प्रतिकृया दिनुहोस्