नेकपा प्रचण्ड समूहका सांसदहरु पनि सत्तापक्षमै बस्ने

नेकपाको प्रचण्ड समूहका सांसद्हरु पनि आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा सत्ता पक्षमै बस्ने भएका छन्। 

सघीय संसद्का प्रवक्ता रोजनाथ पाण्डेले नेकपा विभाजनको पत्र प्राप्त भइनसकेकाले प्रचण्ड समूहका सांसदहरुलाई पनि सत्तापक्षकै बस्ने लहरमा बस्ने व्यवस्था संसद् सचिवालयले मिलाएको सञ्चारकर्मीलाई जानकारी दिए।

प्रवक्ता पाण्डेले भने, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादपछि दुई पक्षबीच छलफल चलिरहेको अवस्थामा हामीकहाँ औपचारिक रुपमा दल विभाजनको पत्र आएको छैन। अहिले दल एउटै भएको अवस्थामा हलमा सिट व्यवस्थापन गर्ने क्रममा सत्तापक्षकै लहरमा माननीय सदस्यहरुलाई बस्ने व्यवस्था मिलाएका छौं ।’

 

 

प्रकाशित मिति: : 2021-03-07 12:49:00

प्रतिकृया दिनुहोस्