भीम रावललाई शङ्कर पोखरेलको जवाफ- प्रधानमन्त्रीको पार्टी थाहा पाउन सर्वोच्च अदालतको फैसला पढ्नुस्

माओवादीसँग पार्टी एकीकरण गर्नुअघि नेकपा एमालेका उपाध्यक्ष रहेका भीम रावललाई सोही पार्टी स्थायी कमिटी सदस्य  तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसलाप्रति ध्यानाकर्षण गरेका छन्। 

प्रतिनिधिसभाको बैठकमा सभामुखले रोक्दारोक्दै पनि समय लिएर ‘प्रधानमन्त्रीको पार्टी के ?’ भनेर सोधेकोप्रति मुख्यमन्त्री पोखरेलले जवाफ दिएका हुन्।

दुई साताअघि सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि आइतबार बसेको पहिलो बैठकमा रावलले बोल्दै प्रधानमन्त्रीको दलबारे जिज्ञासा राखेका थिए।

पोखरेलले आइतबारै प्रतिनिधिसभा बैठक बस्नुभन्दा केही बेरअघि सर्वोच्च अदालतले ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ नामको पार्टी ऋषि कट्टेलको भएको ठहर गर्दै नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ को एकीकरणलाई बदर गरिदिएको थियो।

पोखरेलले रावलको नाम उल्लेख नगरी सोही फैसलापछिको अवस्थाबारे उनलाई फेसबुकमार्फत् सचेत गराउँदै भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्रीचयन हुँदाको अवस्थातर्फ नैफर्काएको हुँदा प्रधानमन्त्री कुन पार्टीको भनेर सोधिरहनै परेन।’

No description available.

प्रकाशित मिति: : 2021-03-07 18:22:00

प्रतिकृया दिनुहोस्