महाधिवेशन नगरे कांग्रेस कोल्याप्स् हुन्छ: नेता भण्डारी

File photo
File photo

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन्।

पत्रकारसँग आज कुराकानी गर्दै उनले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताए। पार्टीभित्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने महसुस हुनसक्ने तर, देशलाई अप्ठ्यारो परेका बेलामा निकास दिनुपर्ने उनको भनाइ छ।

सर्वोच्च अदालतले आइतबार गरेको फैसलाको प्रसङ्गमा उनले अदालतले गरेको फैसला विधिको विजय भएको टिप्पणी गरे। रासस

प्रकाशित मिति: : 2021-03-08 12:59:00

प्रतिकृया दिनुहोस्