नेपाली काङ्ग्रेसः नेकपाबारे सर्वोच्च अदालतको फैसलापछि संसद्‌मा अब कस्तो नीति

बिबिसी

काठमाडौँ

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएसँगै नेपाली राजनीतिको केन्द्रबिन्दुमा देखा परेको नेपाली काङ्ग्रेसले 'पर्ख र हेर' को रणनीति अवलम्बन गरे जस्तो देखिएको थियो।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड-माधव नेपाल समूह राजनीतिक रूपमा विभाजित भएको अवस्थामा दुवैले काङ्ग्रेसको समर्थन प्राप्त गर्न खोजेको भए पनि नेकपाको विवाद वैधानिक रूपमा नटुङ्गिएको बताउँदै उसले आफ्ना मत प्रष्ट रूपमा सार्वजनिक गरेको थिएन।

आइतवार सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएपछि देशको राजनीतिक परिदृश्यले अर्कै अझ पृथक् रूप लिने देखिएको छ।

सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)लाई दुई फरक दलको हैसियतमा स्थापित गरिदिएको राजनीतिज्ञ अनि विश्लेषकहरूले बताइरहेका छन्।

प्रकाशित मिति: : 2021-03-08 20:19:00

प्रतिकृया दिनुहोस्