उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले दिए राजीनामा

Photo: NewsNation
Photo: NewsNation

भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले मंगलबार राजीनामा दिएका छन्।

राज्यपाल बेबी रानी मौर्यलाई भेटेर मुख्यमन्त्री रावतले पदबाट राजीनामा दिएको बताएका हुन्। 

भारतीय जनता पार्टी उत्तराखण्ड राज्यको बढ्दो विवादलाई लिएर उनले मुख्यमन्त्रीको पदबाट राजीनामा गरेको उनीनिकट भाजपाका एक नेताले बताए। नेतृत्व परिवर्तनका लागि केहि दिनदेखि चलिरहेको रस्सा–कस्सी भने रातवको राजीनामासँगै रोकिएको छ। 

भाजपा राज्य कमिटीले मुख्यमन्त्रीका लागि नयाँ नेताको नाम टुंगो लगाउने जनाएको छ। मुख्यमन्त्रीमा सांसद अनिल बलुनी, अजय भट्ट र राज्यमन्त्री धनसिंह रावतको चर्चा छ। 

भारतीय जनता पार्टीको केन्द्रीय नेतृत्वले मुख्यमन्त्री रावतलाई पदबाट हटाउने निर्णय गरेको थियो। सोमबार बेलुकी दिल्ली पुगेर भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेपछि मंगलबार देहरादुन पुगेर मुख्यमन्त्री पदबाट राजीनामा गरेका हुन्।
 

प्रकाशित मिति: : 2021-03-09 17:14:00

प्रतिकृया दिनुहोस्