अनलाइन सञ्चारमाध्यमको नवीकरणको म्याद थप गरियो

File photo
File photo

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सञ्चारमाध्यमले आगामी जेठ मसान्तसम्म नवीकरण गराउन सक्ने व्यवस्था गरेको छ।

कोभिड–१९ पछिको अवस्थामा सञ्चारमाध्यममा आर्थिकलगायत विविध समस्या देखा परेका समयमा ती माध्यमलाई सहज हुने गरी सञ्चारमन्त्री पार्वत गुरुङको पहलमा सो निर्णय भएको हो।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले यही फागुन २४ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सो जानकारी गराएका हुन्। अनलाइन सञ्चारमाध्यम निर्देशिका, २०७३ को दफा ५ बमोजिम दर्ता भएका अनलाइन सञ्चारमाध्यम प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र अर्थात् पुस महिनाभित्र नवीकरण गराउनुपर्ने भन्ने व्यवस्था रहेकामा सोही निर्देशिकाको दफा ६ को (१) बमोजिम यस अघि राजपत्रमा सूचना प्रकाशन गरेकोमा पछिल्लो सूचनाले संवत् २०७८ जेठ मसान्तभित्र अनलाइन सञ्चारमाध्यमले नवीकरण गराउने गरी तोकिएको उल्लेख गरिएको छ।रासस

प्रकाशित मिति: : 2021-03-09 19:12:00

प्रतिकृया दिनुहोस्