सभापति देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता, समसामयिक राजनीति विषयमा छलफल

File photo
File photo

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

सभापति देउवा निवास बूढानीलकण्ठमा साँझ भएको भेटमा उनीहरुबीच संसद्को बैठक सञ्चालन, सरकार र आगामी राजनीतिक प्रक्रियाका बारेमा छलफल भएको थियो। माओवादी केन्द्रको आजको स्थायी कमिटी बैठकले ती विषयमा प्रमुख प्रतिपक्षीसहित अन्य दलसँग छलफल गर्ने निर्णय गरेको थियो।

सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नामका बारेमा परेको रिट निवेदनको सुनुवाइ गर्दै नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपा पूर्वावस्थामा ब्यूँतिने फैसला गरेको थियो। रासस

प्रकाशित मिति: : 2021-03-09 19:53:00

प्रतिकृया दिनुहोस्