आकाश र पुजा दुबईमा

File photo
File photo

नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा दुबई पुगेका छन्।

आउदै गरेको चलचित्र  ‘सम्हालिन्छ कहिले मन’को छायाङ्कनको लागि उनीहरु दुबई पुगेका हुन्। सुदर्शन थापाले निर्देशन गरिरहेको चलचित्रको लागि विगत २ वर्ष देखि सुटिङ चलीरहेको छ।

चलचित्रको केही  छायांकन लन्डनमा गरिएको थियो। लचित्रको छायांकन नेपालको मुस्ताङ र काठमाण्डौमा पनि गरिएको छ।

एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको चलचित्रमा अमित बस्नेतले लगानी गरेका हुन्।  चलचित्र अघिल्लो वर्ष नै रिलिज गर्ने तयारी थियो। तर कोरोनाको महामारीले समय लम्बिएको छ ।
 

प्रकाशित मिति: : 2021-03-10 06:38:00

प्रतिकृया दिनुहोस्