उत्तराखण्डको मुख्यमन्त्री बन्दै गढवाली तीरथ सिंह रावत

फाइल तस्वीर
फाइल तस्वीर

भारतीय जनता पार्टीका राष्ट्रिय सचिव तीरथ सिंह रावत उत्तराखण्ड राज्यको नयाँ मुख्यमन्त्रीमा चयन भएका छन्।

राजधानी देहरादुनमा बुधबार सम्पन्न भाजपा विधायक मण्डलको बैठकले गढवाल लोकसभा क्षेत्रका सांसद रावतलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

मंगलबार मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि तीरथलाई पहिलोपटक मुख्यमन्त्री बन्ने बाटो खुलेको भाजपाले प्रेस सम्मेलनमार्फत जानकारी दिएको छ।

उत्तराखण्डको नेतृत्वमा नयाँ अनुहारका रुपमा आएका उनी भाजपा राज्य अध्यक्ष भइसकेका नेता हुन्।

रावत अहिले भाजपाका राष्ट्रिय सचिव पदमा कार्यरत छन्। उनी मुख्यमन्त्री बन्ने निर्णयसँगै गढवालबासीमा नयाँ खुसीयाली छाएको छ।

मुख्यमन्त्रीका लागि निल बलुनी, अजय भट्ट र राज्यमन्त्री धनसिंह रावतको चर्चा भएपनि सांसद तीरथले एकाएक बाजी मारेका हुन्।
 

प्रकाशित मिति: : 2021-03-10 12:25:00

प्रतिकृया दिनुहोस्