स्वास्थ्यचौकीमा सुत्केरी हुनेलाई आकर्षक कोसेली 

File photo
File photo

स्वास्थ्यचौकीमा सुत्केरी हुनेलाई कोसली दिन थालिएको छ। दाङमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य एकाइमा शिशु जन्माउने आमा र नवजात शिशुलाई कोसली दिन थालिएको हो। 

संस्थागत प्रसूतिलाई थप प्रोत्साहन गरी मातृ मृत्यु तथा नवजात शिशु मृत्यु कम गर्न लालमटिया र सिसहनिया स्वास्थ्य चौकीबाट उपाध्यक्ष कोसेली कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए। 

राप्ती गाउँपालिका अन्तर्गतका बर्थिङ सेन्टरमा प्रसूति भएको समयमा उपाध्यक्ष कोसेली दिइने भएको उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले जानकारी दिईन्। उपाध्यक्ष चौधरीले सुत्केरीलाई कोसेलीस्वरुप आवश्यक सामग्री प्रदान गरी कार्यक्रमको शुरुवात गरेकी हुन्।

कोसेली वितरण कार्यको शुरुवात राप्ती गाउँपालिकाको उपाध्यक्षबाट सम्बन्धित बर्थिङ सेन्टरको सेवा प्रदायकले सबै प्रसूति सेवाग्राहीलाई यथास्थानमै दिइने व्यवस्था मिलाइएको छ। राप्ती गाउँपलिकामा संस्थागत सुत्केरी वृद्धि गरी आमा तथा नवजात शिशु मृत्यु कम गर्न आमा सुरक्षा कार्यक्रमलाई प्राथमिकता दिइएको छ। रासस

प्रकाशित मिति: : 2021-03-10 14:57:00

प्रतिकृया दिनुहोस्