उत्कृष्ट कार्य गर्ने महिला प्रहरी पुरस्कृत

उत्कृष्ट कार्य गर्ने ६ जना महिला प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एक साथ सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

महिला दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरीहरुलाई पुरस्कृत गरिएको हो।

आफ्नो कार्यक्षेत्रमा सुम्पीएको जिम्मेवारी ईमान्दार र अनुशासित रुपमा काम गरेको भन्दै पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।
पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दारद्धय बिमला पोखरेल,अम्बिका भण्डारी र प्रहरी जवानहरु मनमाय गुरुङ, बिना दैरे, प्रतिमा लामा र सुस्मिता सापकोटा रहेका छन्।

सबैको अभिलेखमा जनिने गरेर पुरस्कृत गरिएको डीएसपी सापकोटाले जानकारी दिए। सिन्धुपाल्चोक प्रहरीले यसरी एकै पटक महिला प्रहरीहरुलाई पुरस्कृत गरेको यो पहिलो पटक हो। इमान्दार रुपमा काम गर्ने प्रहरीहरुलाई मुल्यांकन गर्दे पुरस्कृत हुँदा उनीहरुको मनोबल उच्च हुने र पेशा प्रति अझै लगनशिल भएर कार्यक्षेत्रमा खटिने भएकाले पुरस्कृत गरिएको डीएसपी सापकोटाले जानकारी दिए।

प्रकाशित मिति: : 2021-03-10 20:12:00

प्रतिकृया दिनुहोस्