नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेट : एञ्जल्स र ग्रेट हिमालय सेमिफाइनलमा

Symbolic photo
Symbolic photo

एञ्जल्स हार्ट एकेडेमी र ग्रेट हिमालय क्रिकेट एकेडेमी नेपाल पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। 

धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा आज सम्पन्न खेलमा ग्रेट हिमालयले आर एस विद्यापीठ एकेडेमीलाई पाँच विकेटले पराजित ग¥यो। आरएसले १९ दशमलव पाँच ओभरमा सबै विके गुमाएर १५३ रन बनायो। 

आरएसका लागि विजय गौतमले ७५ तथा अमृत थापाले ४२ रन बनाए। बलिङतर्फ ग्रेट हिमालयका लागि विज्ञान गौतमले तीन तथा मोहम्मद हुसैन र शुशान्त तिमिल्सिनाले दुई/दुई विकेट लिए। 

एक सय ५४ रनको विजय लक्ष्य ग्रेट हिमालयले १९ दशमलव दुई ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥र्यो। ग्रेट हिमालयका लागि हेमन्त श्रीवास्तवले ५१ तथा सङ्गीत बुढाथोकीले ४२ रन बताए। बलिङतर्फ आरएसका लागि अनुपम पाण्डेले दुई विकेट लिए। 

अर्को खेलमा स्कुल अफ क्रिकेटले एञ्जल्सलाई आठ रनले पराजित ग¥र्याे। एञ्जल्स पराजित भए पनि रन रेट राम्रो भएका कारण सेमिफाइनलमा पुग्न सफल भएको हो। टस हारेर ब्याटिङ गरेको स्कुल अफ क्रिकेटले निर्धारित २० ओभरमा १६४ रन बनायो। उसका लागि सर्वोच्च बस्नेतले ५८ रन बनाए। बलिङतर्फ एञ्जल्सका निवस कुँवरले तीन विकेट लिए। 

एक सय ६५ रनको विजय लक्ष्य पछ्याउने क्रममा एञ्जल्सले सबै विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो। ग्रेट हिमालय समूह ‘सी’ बाट ६ अङ्कसहित सेमिफाइनलमा पुगेको हो भने एञ्जल्स समूह ‘डी’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो। रासस 

प्रकाशित मिति: : 2021-03-10 21:44:00

प्रतिकृया दिनुहोस्