बुटवलको एउटा रेष्टुरेन्टमा आगलागी

Diyalo food land
Diyalo food land

बुटवलको दियालो फुडल्याण्डमा आगलागी भएको छ।

मिलन चोकमा रहेको फुडल्यान्डमा गएराति १ः३० बजेतिर आगलागी भएको हो। केही कामदार रेष्टुरेन्टमै सुतेका थिए। तर आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

आगलागीबाट रेष्टुरेण्टको माथिल्लो तलामा रहेका सामान जलेर पूर्णरुपमा नष्ट भएका छन्। बुटवल उपमहानगरपालिकाको दमकलले करिब तीन घण्टामा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय बुटवलले जानकारी दिएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। 

घटनाबारे अनुसन्धान भइरहेको छ। 

प्रकाशित मिति: : 2021-03-11 09:59:00

प्रतिकृया दिनुहोस्