मेलम्चीको पानीले उपत्यकाबासीको तिर्खा तत्कालै मेट्ला ?

थाहा खबर

काठमाडाैं

मेलम्चीको बहुप्रतीक्षित पानी सुन्दरीजलमा झारिएसँगै सरकारले अब काठमाडौंमा पानी समस्या कहिल्यै नहुने झैँ गरी प्रचार गरिरहेको छ।

गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलमा फ्लसिङ टनेलमा हाइड्रो मेकानिकल गेटको बटम थिचेपछि पानी सुन्दरीजलमा खसेको त छ, तर सुरुङमा नियमित पानी प्रवाहदेखि काठमाडौं उपत्यकाभित्र मेलम्चीको पानी वितरण गर्न बनाएको भूमिगत संरचना परीक्षण हुनै बाँकी छ।

अब थप समस्या नभए र मेलम्चीको पानी सुरुङबाट नियमित आइरहेपनि काठमाडौंबासी सबैलाई यो पानी पर्याप्त भने हुनेछैन। मागअनुसार पानी वितरण हुन पूर्वयोजना अनुसार सिन्धुपाल्चोकस्थित याङ्ग्री र लार्के खोलाको पानी पनि काठमाडौंतर्फ पठाउनुपर्छ।

सुन्दरीजलमा पानी झारेसँगै मेलम्ची खानेपानी उपआयोजना–२, आयोजना निर्देशनालयले उपत्यकामा पानी वितरण थाल्न प्रकृया अघि बढाएको छ।

प्रकाशित मिति: : 2021-03-11 10:05:00

प्रतिकृया दिनुहोस्