माछापुच्छ्रे जोड्ने प्रमुख सडकमा कालोपत्रेको काम शुरु

File Photo
File Photo

कास्कीको  माछापुच्छ्रे  गाउँपालिका र पोखरा महानगरपालिका जोड्ने प्रमुख सडक कालोपत्र गर्न शुरु गरिएको छ।

माछापुच्छ्रे गाउँपालिकाको ‘लाइफलाइन’ समेत रहेको पोखरा महानगरपालिका–२५ हेमजा–खानेपानी मुहान–लुम्रे–सिदिङ सडक खण्ड (मनिलाल मार्ग) कालोपत्रे गर्न शुरु भएपछि स्थानीयवासी खुशी भएका छन्।

सडक निर्माणपछि माछापुच्छ्रे  गाउँपालिकाका नौ वडाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन्। कूल १५ किमी ९०० मिटर सडक मध्ये ११ किमी कालोपत्रे र बाँकीमा ग्राभेलको काम भइरहेको हो। मेलबोटदेखि लुम्रेसम्म कालोपत्रे र ढलान हुनेछ भने घलेल क्षेत्रमा ग्राभेलको काम अघि बढेको छ।

विसं २०५३ मा सो सडकखण्डको ट्र्याक खुलेकामा २५ वर्षपछि पक्की कालोपत्रे सडक निर्माण शुरु भएको हो। हाल सो सडक खण्डको लुम्रे, खोराकोमुख क्षेत्रमा धमाधम कालोपत्रे भइरहेको छ।

यसैगरी मेलबोटदेखि मर्दीपुलसम्मको धेरै स्थानमा ढलानको काम सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गत रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीका आयोजना प्रमुख एवं सिनियर डिभिजनल इन्जिनीयर नवराज शर्माले बताइ। उनका अनुसार हालसम्म आयोजनाको ८० प्रतिशत हाराहारीमा काम सकिएको छ।रासस

प्रकाशित मिति: : 2021-03-11 10:42:00

प्रतिकृया दिनुहोस्