हराएको ४० बर्षपछि भारतको कोलकाताको जेलमा भेटिए दीपक जैसी तिम्सिना

बिबिसी

काठमाडाैं

घरबाट हराएको मानिस ४० वर्षपछि जिउँदो भेटिने घटना विरलै हुन्छ।

तर २०३७ सालमा इलामबाट हराएका एक नेपाली पुरुष भारतको कोलकाताको एउटा कारागारमा भेटिएका छन्।

इलामको एक तप्पाबाट हराउँदा २० वर्षका युवक रहेको दीपक जैसी तिम्सिनालाई उनका परिवारका सदस्यले केही दिन अघि भेटेका छन्।

तर कर्तव्य ज्यान मुद्दामा पक्राउ परेको उनको चार दशकसम्म सुनुवाइ हुन नसकेको हुँदा घर फर्कन भने पाएका छैनन्। 

मार्च १५ सोमवारको दिन अदालतमा पेशी तोकिएको र उनी निर्दोष प्रमाणित भएका उनी नेपाल फर्कन पाउने बताइएको छ।

कसरी हराएका थिए दीपक?

परिवारका सदस्यहरूका अनुसार दीपक ज्योतिष विद्यामा चासो राख्थे। सानोतिनो काम गर्दै गरेका दीपकको घरको आर्थिक अवस्था निकै नाजुक थियो।

एक दिन उनी तोरीको पोको बेच्न भनेर इलामको मङ्गलबारे हिँडे। तर त्यसपछि कहिले पनि घर फर्केर आएनन्।

हराएको धेरै वर्षसम्म घर नआएपछि परिवारका सदस्यले उनको मृत्यु भइसकेको आशङ्का गरे।

प्रकाशित मिति: : 2021-03-13 10:16:00

प्रतिकृया दिनुहोस्