माओवादी केन्द्र विवाद: आफ्ना नेता एमालेबाट फर्कने सम्भावना कति

बिबिसी

काठमाडौं

नेकपा एमाले सरकारमा माओवादी केन्द्रका नेताहरू पनि मन्त्री रहेका छन्, उनीहरूमध्ये कैयौँले माओवादीमा नफर्कने मनस्थिति बनाएको बताइएको छ

शुक्रवार नेकपा एमालेले आफ्नो केन्द्रीय सदस्य बनाएका नेकपा (माओवादी केन्द्र) का नेताहरूलाई माओवादीले आफ्नो धार स्पष्ट पार्न भनेको अवस्थामा अधिकांश नेता एमालेमै रहने मनस्थितिमा पुगेको बुझिएको छ।

उनीहरूले आफूहरू 'वैचारिक रूपमै' प्रचण्डसँग टाढिएकाले अब माओवादीमा 'फर्केर राजनीति गर्ने अवस्था नरहेको' बताएका छन्।

माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीहरूलाई पनि तत्काल फिर्ता आउन निर्देशन दिएको छ।

तर अधिकांश मन्त्रीहरूले आफूहरू एमालेमै रहने बताएका विवरणहरू प्रकाशमा आइरहेका छन्।

प्रकाशित मिति: : 2021-03-13 17:37:00

प्रतिकृया दिनुहोस्