म्यान्मार जनआन्दोलनलाई भारतीय 'नागा पीपुल्स फ्रन्ट'को समर्थन

Myanmar Now
Myanmar Now

म्यान्मारमा जारी नागरिक जनआन्दोलनलाई भारतको 'नागा पीपुल्स फ्रन्ट' (एनफीएफ)ले समर्थन जनाएको छ।

प्रजातन्त्र पुनःस्थापनाको संर्घषमा दिनहुँ सडक प्रदर्शनमा उत्रिएका म्यान्मालीप्रति  चिन्ता व्यक्त गर्दै एनपीएफले सैन्य जुन्तालाई हिंसा रोक्न आग्रह गरेको छ।

पूर्वोत्तरको राजनीतिक पार्टी एनपीएफले विज्ञप्ति जारी गर्दै सभ्य विश्वमा अभिव्यक्ती स्वतन्त्रता र शान्तिपूर्ण विरोधको हरेक शासकले सामना गर्नुपर्ने बताएको छ।
 
निरंकुश शासनविरूद्ध गरिने हरेक आन्दोलनप्रति आफ्नो पूर्ण समर्थन रहने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रदर्शनमा सेनाको गोलीले मारिएका स्वतन्त्र नागरिकको संख्या ९० भन्दा बढी पुगेको छ। एनपीएफले नागरिक हत्या रोक्न सैन्य सत्तालाई आग्रह समेत गरेको छ। 

म्यान्मार जुन्ता सरकार र प्रजातन्त्रका लागि आन्दोलित नागरिकबीच छिट्टै शान्तिको वातावरण बन्ने भावना व्यक्त गरेको छ।



म्यान्मारमा जारी सैन्य ‘कू’ बारे ‘बिएल भिडियो ब्रिफिङ’

प्रकाशित मिति: : 2021-03-14 09:16:00

प्रतिकृया दिनुहोस्