विदेशको मासिक १० लाखको कमाइ त्यागेर स्वदेशमै रिसोर्ट र कालिज पालन

नरहरि पौड्याल

१७ वर्ष अघि आकर्षक रोजगारी र उज्ज्वल भविष्यको सपना देखेर बेल्जियम पुगेका पूर्ण तिमिल्सिनालाई त्यहाँको रङ्गिन दुनियाँले त्यो खुशी र सन्तुष्टि दिन सकेन, जो मातृभूमिले दिन्छ । वैदेशिक रोजगारीका क्रममा आर्थिक सम्पन्नता भए पनि खुशी र सन्तुष्टि मिल्न नसकेपछि उनी स्वदेश फर्किएर रिसोर्ट र कालिज पालन व्यवसाय गर्न थाले, जसले उनलाई नाम र दाम दुवै दिलाएको छ ।

पोखराको हेम्जा निवासी उनी स्वदेशमै उच्च शिक्षा हासिल गरेर सरकारी सेवा र व्यावसायिक यात्रामा रमाउने उद्देश्य पूरा नभएपछि वैदेशिक रोजगारीमा जान बाध्य भएका थिए । जीवनका ऊर्जाशील समयमा युरोपका धेरै देश घुमेका तिमिल्सिनाले बेल्जियमलाई कर्मथलो बनाए । उनले आफू बेल्जियममा पुगेको केही समयमै परिवारलाई समेत लगे । पछिल्लो समय नेपालीहरुको सपनाको गन्तब्य बनेको बेल्जियममा तिमिल्सिनाको कमाइ राम्रो थियो । परिवारनै बेल्जियम पुगेपछि कमाइसमेत थपिन थाल्यो तर उनमा बेचैन पनि बढ्न थाल्यो ।

आफ्नै मातृभूमिमा फर्किएर केही गर्ने अठोट गरे उनले । बेल्जियममा लामो समयसम्म बस्दासमेत उनले त्यहाँको नागरिकताका लागि कुनै प्रक्रियानै थालेनन् । मनैदेखि नेपाल फर्किएर केही गर्नुपर्छ भन्ने हुटहुटी जागेपछि बेल्जियमको नागरिकता लिने प्रोसेस नै नगरेको उनी बताउँछन् ।

प्रकाशित मिति: : 2021-03-14 11:16:00

प्रतिकृया दिनुहोस्