ओलीले काँग्रेसको तुलनामा जसपालाई किन ठान्छन् ‘कम्फरटेबल’ ?

रातोपाटी

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र आन्तरिक द्वन्द्व चलिरहेको बेला सत्ता सहकार्यका लागि काँग्रेसका सभापति शेरबहादुर देउवालाई जति महत्व दिन्थे, अहिले त्यति महत्व दिएका छैनन्।

बरु उनले जनता समाजवादी पार्टी नेपालसँग पटक पटक औपचारिक तथा अनौपचारिक वार्ता गरेका छन्। सत्ता सहकार्यका लागि जसपासँग गरिने छलफलका लागि उनले वार्ता समिति नै गठन गरेका छन् तर काँग्रेसलाई भने महत्व दिन छाडेका छन्।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई अहिले आफ्नो नेतृत्वको सरकार टिकाउन सहयोगी दलको खाँचो परेको छ।

काँग्रेसले वर्तमान सरकारलाई सघाउन भन्दा पनि आफ्नै नेतृत्वमा सरकारको नेतृत्वका लागि दावी गर्ने भएकाले नै ओलीले काँग्रेसलाई त्यति महत्व नदिएको जानकारहरु बताउँछन्।

प्रधानमन्त्री ओलीले तत्काल सरकार छाड्ने मानसिकता नै बनाएका छैनन्।  एमालेका एकजना स्थायी कमिटी सदस्यका अनुसार प्रधानमन्त्री पदकै लागि यत्रो लफडा भइसकेको छ भने अहिले आएर त्यही पद किस्तीमा राखेर काँग्रेसलाई सुम्पिने पक्षमा ओली हुनुहुन्न।

प्रकाशित मिति: : 2021-03-15 16:37:00

प्रतिकृया दिनुहोस्