जसपाको अल्झन-बल्झन

पछिल्लो समयक्रमका राजनीतिक घटना एकपछि अर्को फेरिँदो छ। ०७४ मा सम्पन्न स्थानीय, प्रदेश र संघमा भएको निर्वाचनबाट जनमतका आधारमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पहिलो, दोस्रो र तेस्रो बने।

मधेसकेन्द्रित दल तत्कालीन संघीय समाजवादी फोरम नेपाल र जनता समाजवादी पार्टी चौथो र पाँचौं क्रममा रहे। संसद्मा पहिलो र तेस्रो हैसियत बनाएको पार्टीबीच वाम गठबन्धन मात्र भएन; पार्टी नै एकता गरेर नाम दिए नेपाल कम्युनिस्ट पार्टी (नेकपा)।

दुई पार्टी एक भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लागि झन्डै दुईतिहाइनजिक जनमत थियो। त्यही जनमतलाई आधार मानेर नेपालमा राजनीतिक स्थायित्व, स्थिरताको मात्र परिकल्पना गरिएन; त्यसपछि निर्माण भएको सरकारले विकास र समृद्धिको नयाँ युगमा मुलुक प्रवेश गरेको उद्घोष मात्र गरेन; नारा नै बनाएर अघि बढ्यो।

प्रकाशित मिति: : 2021-03-16 09:06:00

प्रतिकृया दिनुहोस्