कोरोना कहरः महाराष्ट्रमा राजनीतिक कार्यक्रम गर्न रोक

Photo - Republicworld
Photo - Republicworld

महाराष्ट्र राज्य सरकारले कोरोना संक्रमित बढेसँगै नयाँ गाइडलाइन जारी गरेको छ।

पछिल्लो समय दिनहुँ मुम्बई, पुणेलगायतका शहरमा कोरोना तीब्र रुपमा फैलिएपछि संक्रमितको दर रोक्न राज्य सकृय बनेको हो।

राज्यका विभिन्न स्थानमा कोरोनाको संक्रमण बढ्दा लकडाउन गरिएको थियो। तर, महामारी नियमणका लागि नयाँ गाइडलाइनमार्फत होटेल, रेस्टुरेन्ट, नाटकघरमा आधा मानिसलाई प्रवेश गराएर सञ्चालन गर्न निर्देशन दिएको छ।

सरकारले जारी गरेको नयाँ निर्देशन पालना नगरे कडा कारबाही गर्ने मुख्यमन्त्री उद्धव ठाकरेले चेतावनी दिएका छन्।

जारी निर्देशन अनुसार मृत्यु संस्कारमा २० जना मात्रै सहभागी हुन अनुमति दिएको छ।

महाराष्ट्रमा सांस्कृतिक, राजनीतिक सभा–समारोहमा गर्न रोक लगाएको छ। स्वास्थ्य र जरुरी सेवा बाहेक अन्य अवस्थामा सामाजिक दूरी पालना गर्न आग्रह गरेको छ।

कतिपय शहरमा रातको समयमा व्यापार गर्न बन्द गरिएको छ।

प्रकाशित मिति: : 2021-03-16 12:04:00

प्रतिकृया दिनुहोस्