महाराष्ट्र र पन्जाबपछि गुजरातमा रात्रि कफ्यू

भारतको महाराष्ट्र र पन्जाबपछि गुजरात राज्य सरकारले कोरोना नियन्त्रण गर्न रात्रि निषेधाज्ञ जारी गरेको छ।

सरकारले कोरोना संक्रमित बढेसँगै राज्यका मुख्य शहरमा मे १७ देखि मार्च ३१ सम्म रात्रि कफ्यू लगाउने निर्णय गरेको छ।

अहमदाबाद, वडोदरा, सूरत र राजकोटमा राति निषेधाज्ञ जारी हुनेछ।

सरकारका अनुसार चार महानगरमा ‘प्री–नाइट कफ्य’ राति १२ बजे विहान ६ बजेसम्म हुने बताइएको छ। पछिल्लो केही दिनमा गुजरातलगायतका स्थानमा कोरोना बिरामीहरू बढेका छन्। 

गुजरातमा सोमबार मात्रै ८ सय ९० जना संक्रमित भेटिएका छन्। सोही दिन सूरतमा बस्ने एक कोरोना बिरामीको मृत्यु भएको राज्यका स्वास्थ्य अधिकारीले बताएका छन्।

प्रकाशित मिति: : 2021-03-16 14:48:00

प्रतिकृया दिनुहोस्