‘आँधी तुफान-२’ भिलेन बन्न नेपाल आउदै कनिज

नेपाली चलचित्र  ‘आँधी तुफान-२’मा ईन्डियन भिलेन भित्रदैछन्।

भिलेनको रुपमा कनिज कोइराला देखिने भएका छन्। साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’मा भिलेनको रुपमा देखिएका कनिजसँग ‘आँधी तुफान-२’ अभिनयका लागि एग्रिमेन्ट भइसकेको फिल्मका निर्माता मौनता श्रेष्ठले जानकारी दिए।।

उनले केही समयपछि कनिज नेपाल आउन लागेकोसमेत बताए। कनिज अहिले भारतको हैदराबादमा छन्। हाल उनी प्रभासको नयाँ चलचित्रमा ‘आधीमानव’ मा काम गरिरहेका छन्। 

प्रकाशित मिति: : 2021-03-17 05:46:00

प्रतिकृया दिनुहोस्