जब एमाले सरकारको नेतृत्वमा, तब पार्टीमा विवाद र बखेडा

हिमाल खबर

काठमाडाैं

एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री छन्, तर पार्टी विभाजनको संघारमा छ। दुई समूहका समानान्तर कार्यक्रम चलिरहेका छन्। एमालेकै एउटा पक्ष ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन चाहन्छ। 

एमालेको झलनाथ खनाल र माधव नेपाल समूह नेकपा विघटन नहुँदासम्म पुष्पकमल दाहाल समूहसँग मिलेर ५ पुसपछि खुला रुपमा ओली हटाउने अभियानमा थियो। सर्वोच्च अदालतले २३ फागुनमा साविक नेकपालाई बदर गरेर एमाले ब्यूँताएपछि पनि खनाल–नेपाल समूह प्रधानमन्त्री ओलीविरुद्धको अभियानमा छ।

खनाल–नेपाल समूहले बुधबार र बिहीबार राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ। भेलामा नेता माधव नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनका १३ बुँदामध्ये केपी ओलीको राजीनामा र कार्यवाहक नेतृत्वलाई समेत समेटिएको छ। 

एमाले जहिले प्रभावशाली र प्रमुख दल बनेर सरकारमा जान्छ, पार्टीमा बखेडा र विवाद हुन्छ। २०४७ मा तत्कालीन नेकपा माक्र्सवादी र नेकपा माले एकीकरण भएर नेकपा एमाले बनेपछि सरकारमा जाँदा पार्टीमा विवाद भएको र अन्ततः त्यही कारण नै विभाजनको स्थितिमा पुगेको इतिहास छ। पछिल्लो पटक २०७४ को निर्वाचनमा १२१ सीट जितेर सबैभन्दा ठूलो पार्टी बनेको एमाले अहिले फेरि विभाजनकै अवस्थामा पुगेको छ। 
 

प्रकाशित मिति: : 2021-03-18 09:00:00

प्रतिकृया दिनुहोस्