जैविक तटबन्ध निर्माणका लागि सम्झौता

लालझाडी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाबीच बिहीबार जैविक तटबन्ध निर्माणका लागि सम्झौता गरिएको छ।

प्रकोप सङ्कटापन्नामा रहेका समुदायमा हुन सक्ने सम्भावित क्षतिको मात्रालाई कम गर्न समुदायस्तरमा बायो इञ्जिनीयरिङ (जैविक तटबन्ध) मार्फत विपद् जोखिम न्यूनीकरण क्रियाकलाप सञ्चालन गर्नका लागि सम्झौता गरिएको हो।

वडा नं १ विनवारी, वडा नं २ कञ्ज, वडा नं ३ नन्दगाउँ र वडा नं ४ खल्ला जाइँको दोदा नदीमा एक हजार ८०० मिटर लम्बाइको जैविक तटबन्ध निर्माणका लागि रेडक्रसले सञ्चालन गरेको एमरेड परियोजनासँग लागत सहभागितामा सहकार्य गर्ने सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले बताए।

जैविक तटबन्ध निर्माणका लागि गाउँपालिकाले २० लाख र परियोजनाका तर्फबाट १० लाख रकम व्यहोर्ने सम्झौता भएको उनले बताए। 

प्रकाशित मिति: : 2021-03-19 07:02:00

प्रतिकृया दिनुहोस्