काठमाडौंको चाल्नाखेलमा दुई पुरुषको शव फेला

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौंको चाल्नाखेलमा २ जना पुरुष मृत फेला परेका छन्।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिहंका अनुसार शुक्रबार दिउँसो चाल्नाखेलको जंगलमा मृत्त अवस्थामा २ जनाको शव फेला परेको हो।

मृतकको अहिलेसम्म सनाखत हुन नसकेको एसएसपी सिहंले बिएल नेपाली सेवालाई जानकारी दिए।

'जंगलमा २ जना पुरुष मृत फेला परेका छन्। उनीहरुको सनाखत हुन सकेको छैन। हामी चिकित्सकसहित घटनास्थलमा खटिएका छौं, अनुसन्धान हुँदैछ,' एसएसपी सिंहले भने।

मृतक २ जनाले विष सेवन गरेको हुनसक्ने प्रहरीकाे अनुमान छ।

मृतकको मुखबाट र्याल निस्केको र घटनास्थलबाट खाली विषादीकाे बट्टा फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-03-19 13:52:00

प्रतिकृया दिनुहोस्