‘द भ्वाइस अफ नेपाल सिजन–३’ प्रसारण हुदैँ

आजबाट चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’को प्रसारण हुने भएको छ। 

बेलुका ८ बजे हिमालय टेलिभिजनबाट ‘शो’ प्रसारण हुन लागेको हो। 

शोको ब्लाइन्ड अडिसन सुरु हुनेछ। ‘द भ्वाइस अफ नेपाल’को सबै भन्दा रोचक राउन्डका रुपमा यसलाई लिइन्छ।

यो राउण्डमा निर्णायकको कुर्सी घुमाउन सफल अघिल्लो राउण्डमा प्रवेश हुन्छन्। 

यो वर्षको सिजनमा निर्णायकको रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ रहेका छन्। 

गत वर्षमा निर्णायकको रुपमा रहेकी आस्था राउतलाई हटाए  तृष्णालांई ल्याइएको हो। अघिल्ला वर्षका रियालिटी शोलाई दर्शकले अत्याधिक रुचाएका थिए।

प्रकाशित मिति: : 2021-03-19 18:02:00

प्रतिकृया दिनुहोस्