लोकप्रिय मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल सिजन ६’ अर्थात ‘मोडल हन्ट नेपाल २०२१’ को विजेता यहि चैत्र १४ मा छानिने भएको छ।
काठमाडौंको सोल्टी मोडस्थित होटल सोल्टी क्राउन प्लाजामा भव्य समारोहबीच आयोजना हुने प्रतियोगिताका विजेताले उपाधिका साथमा बिभिन्न अवसर र उपहार एकसाथ प्राप्त गर्नेछन्।
प्रतियोगितामा ३५ युवा र ३३ युवतीहरू भिड्दै छन्।