'टाईम ट्राभल'बाट भेटिन सक्छ अर्को ब्रह्माण्ड

विजय बस्नेत

काठमाडौँ

समयको परिभाषा हामी सँग छैन। 

समय के हो? समय कसरी चल्छ? समयको जन्म कसरी भयो? समय दिन रात मात्र हो? यस्ता धेरै प्रश्नहरुले हामीलाई समयका बारेमा कौतुहलता जगाउछन्। 

बिग ब्याङ्गपछि मात्र समयको जन्म भएको विज्ञानले परिभाषित गरेको छ। लामो समयदेखि ब्रह्माण्ड विभाजित हुने प्रकृया चलिरहेको छ। जुन प्रकृयालाई इन्ट्रोपी (Entropy) भनिन्छ। सोही प्रकृयाद्वारा ब्रह्माण्डमा समयको इतिहास पत्ता लगाउन सकिन्छ। जब इन्ट्रोपी रोकिन्छ, तब समयपनि रोकिन्छ। जुन कुरा विज्ञानले समेत पुष्टि गरिसकेको छ।  

जब कुनै वस्तु टुक्रिदै जान्छ त्यसलाई पुनः पहिलेको जस्तो बनाउन सकिदैन। ब्रह्माण्डमा वस्तुहरु टुक्रिदै छन् र समय त्यही प्रकृयाद्वारा अघि बढिरहेको छ। 

प्राचिन समयमा सुर्यको प्रकाशद्वारा समय नाप्ने गरिन्थ्यो। त्यतिबेला अहिले जस्तो समय नाप्न साधन र यन्त्रहरु थिएन। सुरुमा वस्तुको छाँयालाई हेरेर समय नापिन्थ्यो। अझ समयलाई आधुनिक तरिकाले विकास गर्दै जाँदा सनडायलमा नापियो। आजभन्दा करिब १७०० बर्ष अघि अरस्तूले समयलाई केही वैज्ञानिकरण बनाए। समय गतिको प्रवाह हो भनि उनले व्याख्या गरे। त्यसपछी कयौं वैज्ञानिकहरुले आ-आफ्नो तरिकाले समयलाई परिभाषित गरे। 

समयलाई अझ सहज बनाउन विभिन्न उपकरणहरु बनाईयो। त्यस्ता उपकरणले एउटा मात्र जानकारी दिए, जुन हो लीनियर समय। 

वास्तवमा समय के हो भन्ने बारेमा अझै ठोस परिभाषा सार्वजनिक भएको छैन। अल्बर्ट आईन्सटाइनले समयलाई धेरै वैज्ञानिक बनाए। उनले समयलाई चौथो आयामको (Dimensions) रुपमा परिभाषित गरे, जुन आज पनि विशाल छ। आईन्सटाइनले ब्रह्माण्डमा समय एकैनासको हुन्छ भन्ने परिभाषालाई झुटो बनाईदिए। प्राचिन समयमा ब्रह्माण्डमा समय एकैनासको हुन्छ भनि व्याख्या गरिन्थ्यो। तर आईन्सटाइनले समय विभिन्न परिस्थितिमा फरक-फरक तवरले चल्ने बताए। उनको यो सिद्दान्तले दुनियाँमा एक नयाँ मोड लियो। पछि स्टेफेन हकिङले पनि समयको बरेमा केहि व्याख्या गरे।

सामान्य रुपमा यहाँ ६० सेकेन्डको १ मिनेट, ६० मिनेटको १ घण्टा, २४ घण्टाको १ दिन, ७ दिनको १ हप्ता, ३० दिनको १ महिना र १२ महिनको १ वर्ष भनेर एउटा स्केलमा नाप्ने गरिन्छ। जसलाई केवल लिनियर समय भनिन्छ। घडि, क्यालेन्डर जस्ता उपकरण तथा कागजहरु समयको रुपमा देख्न र सुन्न मात्र सकिन्छ। जुन बनाईएका मात्र हुन्।  यी वास्तविक समय होईनन्।

आजको युगमा कयौँ कुराहरुले मानव जीवनलाई बाँधिरहेका छन्। जुन हामी फुकाउन सक्दैनौ। ताकि स्वतन्त्र रुपले हामी आफ्नो वास्तविक यात्रा सयर गर्न सकौँ। जब हामी स्वतन्त्र रुपले वास्तविक कुरामा अध्ययन गर्छौँ, तब असम्भव कुराको पनि विकास बढ्दै जान्छ। यहाँ त्यही वास्तविक समयलाई बाँधिएको छ। जसले गर्दा मानव जीवनलाई एउटा छोटो 'इको प्रणाली'मा चलाइरहेको छ। घडि, क्यालेन्डरजस्ता उपकरण केवल इको प्रणाली चलाउने समयसाधन हुन्। 

‘टाईम ट्राभल’ गर्न सकिन्छ? 

यो प्रश्न कयौँको मनमा आउन सक्छ। कुनै पनि वस्तुले प्रकाशको गति भन्दा छिटो यात्रा गर्न सक्दैनन्। प्रकाशको गति करिब तिन लाख (३०००००) किलोमिटर प्रति सेकेन्ड हुने गर्दछ। जब कुनैपनि वस्तु एक ठाउँबाट अर्को ठाउँमा प्रकाशको गतिमा यात्रा गर्छ, त्यतीबेला समय उक्त वस्तुको पहिलेको समय भन्दा कम हुने गर्छ। किनभने गुरुत्वाकर्षणले गर्दा स्पेस टाइम (Space Time)लाई (Curve) कर्भ मा परिणत गरिदिन्छ। यहि समयको परिवर्तनलाई टाइम डाईलेशन (Time Dilection) भनिन्छ। 

यदि कुनै वस्तुलाई प्रकाशको गतिमा चलाउन सकेमा ‘टाईम ट्राभल’ गर्न सकिन्छ। कुनै पनि वस्तुले प्रकाशको गतिमा गएर फरक तरिकाले आफुलाई पहिचान गर्न सक्छ भने त्यतीबेला ‘टाईम ट्राभल’ गर्न सकिन्छ।

समय प्रत्येक दिन, प्रत्येक क्षण महशुस गर्छौ। तर समय सँगै चल्न सक्दैनौ। प्रकाशको गतिमा चल्ने कुनैपनि यन्त्र बनाउन सकेनौ भनेपनि अहिलेको प्रविधिले हामी बल्याक होल (Black Hole) र वार्म होल (Worm Hole) द्वारा ‘टाईम ट्राभल’ गर्न सक्छौ। प्रकाशको गतिमा चल्ने यन्त्र वा प्रविधि विकास गर्न सकेमा झन थुप्रै कुराहरुको विकास गर्न सकिन्छ। जहाँ हामी ब्रह्माण्डको यात्रा सयर गरी थुप्रै सभ्यताहरु पत्ता लगाउन सक्छौँ। मानव प्रजातिको अस्तित्व अरबौँ बर्षसम्म जिवित राख्न सक्छौ। र अर्को ब्रह्माण्डको खोज गर्न सक्छौ। 

अतः यदि भविष्यमा ‘टाईम ट्राभल’ गर्न सक्यौँ भने हामीलाई समयको वास्तविक अर्थ थाहा हुनेछ। 

(लेखक युवा वैज्ञानिक हुन्।)

प्रकाशित मिति: : 2021-03-20 11:43:00

प्रतिकृया दिनुहोस्