ज्याक माः चिनियाँ अर्बपति तीन महिनासम्म किन हराएका थिए

बिबिसी

काठमाडौं

ज्याक मा चीनका सबैभन्दा धनी व्यक्ति बन्ने क्रममा थिए। तर सन् २०२० को नोभेम्बर महिनामा स्पष्टवक्ता ज्याक अचानक हराए।

उनले आफ्नो घरबाट सुरु गरेको अलिबाबा अहिले विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनीमध्येमा पर्छ।

उक्त कम्पनी अहिले अनलाइन किनमेल, क्लाउड कम्प्युटिङ र आर्टिफिश इन्टेलिजन्स (एआई) जस्ता सेवाका माध्यमबाट करिब ८० करोड प्रयोगकर्तासँग जोडिएको छ।

धनाढ्य ज्याक मा आफ्नो रवाफिलो उपस्थिति र प्रचारबाजीका लागि परिचित थिए। 

उनी आफ्ना हजारौँ कर्मचारीलाई भोज दिन्थे र उनीहरूको सम्मानमा 'यू रेज मी अप' जस्ता गीत पनि गाउँथे।

उनको पछिल्लो व्यवसाय एन्ट ग्रूपले अलिपे मोबाइल फाइन्यान्स एपको माध्यमबाट चीनको डिजिटल भुक्तानी बजारमा प्रभुत्व जमाएको छ।

प्रकाशित मिति: : 2021-03-20 17:13:00

प्रतिकृया दिनुहोस्