ब्रान्ड बन्दै ‘कोपिला’

देशसञ्चार

काठमाडौँ

थाती राखेका योजना खोल्ने समय धेरैका लागि लकडाउनले जुरायो। कोपिला भण्डारी पनि केही नयाँ गर्ने सोचमा थिइन्। उनले उचित मौका भने पाएकी थिइनन्।

तर कोरोना भाइरस महामारी चरम सीमामा पुग्दा सडकमा सर्जिकल मास्कहरु जताततै फालेको दृश्यले उनको मन बिझायो। उनी भन्छिन्, ‘बाटोमा जताततै मास्कहरु फालेको देखेर वातावरण नै प्रदूषण भएको पाएँ।’

भण्डारी कसरी यसलाई न्यूनीकरण गर्न सकिन्छ भनेर सोच्न थालिन्। रिसर्च सुरु गरिन्। विज्ञहरुसँग छलफल पनि गरिन्। साढे दुई महिनाको रिसर्चपछि जन्मियो ‘कोपिला’। कोपिला अर्थात उनले सुरु गरेको बिजनेश ‘ब्रान्ड’को नाम। जहाँ पुनः प्रयोग गर्न सकिने मास्क बनाइन्छ।

प्रकाशित मिति: : 2021-03-22 19:18:00

प्रतिकृया दिनुहोस्