टेलर चलाइरहेका सुजनलाई अधिकांश ग्राहकले सोध्छन्ः कसरी आउनुभयो यो काममा?

सेतोपाटी

काठमाडौँ

चाबहिल चोकबाट दाँयातर्फ हिमाल डेन्टल हस्पिटलको तलपट्टि देखिन्छ 'सुप्रिम सुटल्यान्ड एन्ड टेलरिङ सेन्टर'। भित्र दौरा–सुरूवाल, सुट–प्यान्ट डमीमा लगाएर राखिएको बाहिर सिसाबाटै प्रस्ट देखिन्छ। 

ग्राहक भित्र पस्छन्। लुगा सिलाउन नाप दिन्छन्। अन्तिममा पसलेले भिजिटिङ कार्ड हातमा दिन्छन्।

कार्ड हेरेपछि अधिकांश ग्राहकले भनिहाल्छन्- ओहो मैले त मुस्लिम पो भन्ठानेको! तपाईं त बाहुन पो हुनुहुँदो रहेछ। कसरी आउनुभयो यो काममा?

३२ वर्षीय सुजन खतिवडाका सामु यो प्रश्न नआएको दिनै हुँदैन। 'टेलरको काम मुस्लिम वा भारतीयहरूले गर्ने भन्ने छ। म दारी पालेर बसेका बेला मुस्लिम ठान्छन्। पछि कुरा गर्दै जाँदा नेपाली रहेछ भन्छन्,' उनी पेसामा जातवाद हावी हुने चलनको अनुभव सुनाउँछन्, 'भिजिटिङ कार्ड दिएपछि त झन् ओहो बाहुन भएर कसरी यो काम सिक्यौ भनेर सोध्छन्।'

प्रकाशित मिति: : 2021-03-23 07:25:00

प्रतिकृया दिनुहोस्