काठमाडौँका चार हत्या : मुख्य कारण ‘ड्रग्स’

मृत फेला विद्यार्थी पनि ‘एडिक्ट’, विष खाएको आशंका

रातोपाटी

काठमाडौं

गुहेश्वरी मन्दिरछेउ वागमतीमा काठमाडौं–७ का ४९ वर्षीय रजुनमान श्रेष्ठको हत्या भयो।

फागुन १ मा मध्यरात गाडी सिक्न वागमती करिडोर पुगेका रजुनमानलाई चावहिलस्थित बेबिलोन डिस्कोबाट मदिरा पिएर निस्केका चारजना किशोरले हत्या गरे।

गाडी बिग्रेपछि रजुनमानले मिस्त्रिलाई फोन गरे। मिस्त्रीले ‘आउँदिन्’ भनेपछि उनी दिव्यश्वरी पार्टी प्यालेस र गुह्येश्वरी मन्दिरको बीचमा हिँड्दै थिए। रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ का विशाल तामाङसहितका चारजना मिलेर उनको हत्या गरेको आरोप छ।

प्रहरीको अनुसन्धानबाट उनी ‘ड्रग एडिक्ट’ भएको थाहा भएको छ। ‘रजुनमान ड्रग एडिक्ट रहेछन्,’ हत्या अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीसँग भने ‘लागूपदार्थ खाने बानीका कारण उनी मध्यरात गाडी लिएर करिडोरमा निस्किएका थिए।’

प्रकाशित मिति: : 2021-03-23 13:35:00

प्रतिकृया दिनुहोस्