शहीद स्मारक ‘सी’ डिभिजन लिग : महावीर र वीरगञ्ज

Symbolic photo
Symbolic photo

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा महावीर क्लब र वीरगञ्ज युनाइटेड विजयी भएका छन् ।
 
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा महावीरले सानोगौचरण युथ क्लबलाई २–० गोलले पराजित गरेको हो। अर्को खेलमा वीरगञ्ज युनाइटेडले सामाजिक युवा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो। 

महावीरका लागि शुभम राय र अरुणराज धाँमीले एक/एक गोल गरे। खेलको १३औँ मिनेटमा शुभम रायले पहिलो गोल गर्दै महावीरलाई अग्रता दिलाएका हुन्। 

यस्तै खेलको ३७औँ मिनेटमा महावीरका लागि अरुणराज धाँमीले गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए। जीतसँगै महावीरले तीन खेलमा तीन अङ्क जोडेको छ। सानो गौचरण भने लागातार तेस्रो खेलमा पनि पराजित हुँदै अङ्कविहीन अवस्थामा छ। 

यस्तै आज भएको दोस्रो खेलमा वीरगञ्ज युनाइटेडका लागि विवेक चौधरीले निर्णायक गोल गरे। उनले खेलको ३५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्। आगामी चैत २४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। रासस 

प्रकाशित मिति: : 2021-03-24 21:12:00

प्रतिकृया दिनुहोस्