मुम्बईका कुख्यात ड्रग कारोबारी फारुख बटाटाका छोरा पक्राउ

Photo - newsbust
Photo - newsbust

मुम्बईका कुख्यात ड्रग कारोबारी फारुख बटाटाका छोरा शादाबलाई नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको छ।

बिहीबार राती एनसीबीले मुम्बईको तीनवटा ठाउँमा छापा हानेको थियो। शादाबसँग दुई करोड बराबरको ड्रग्स, लक्जरी कार र एउटा पैसा गन्ने मेसिन बरामद भएको छ।

एनसीबी श्रोतले दिएको जानकारी अनुसार लोखन्डवाला, बर्सोवा र मिरा रोडमा राती छापा हान्ने क्रममा शादाब पक्राउ परेका हुन्।

उनका बुवा कुनै बेला मुम्बईमा आलु बेच्ने काम गर्थे। त्यसैले उनको नामको पछाडि बटाटा थपिएको हो।

महाराष्ट्रमा आलुलाई बटाटाको नामले चिन्ने गरिन्छ। फारुखको सम्पर्क अन्डरवल्र्डसँग भएपछि उनले ड्रग कारोबार सुरु गरेका हुन्।

फारुखका छोरा शादाबको नाम बलिउड अभिनेता सुशान्त सिंह राजपूतको हत्याको बेला पनि जोडिएको थियो। शादाबको गिरफ्तारीलाई एनसीबीको ठूलो जितको रुपमा हेरिएको छ।

फारुखका दोस्रो छोरा सैफ पनि ड्रग कारोबारमा संलग्न रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2021-03-26 13:22:00

प्रतिकृया दिनुहोस्