प्रधानमन्त्री ओली भन्छन्- 'फागुन २८ यताका निर्णयबाट कमब्याक हुँदैनौ'

कमल प्रभात

काठमाडौँ

प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले एमाले ब्युँताएपछि पार्टीले गरेका निर्णय फिर्ता नलिने अडान लिएका छन्। 

शुक्रबार बालुटारमा आयोजित संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले फागुन २८ गते र त्यस यता भएका निर्णयबाट कमब्यक नहुने बताएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। 

‘माओवादी नेताहरु पार्टी र सरकारको पक्षमा उभिनु भयो। त्यस हिसाबले उहाँहरुलाई व्यवस्थापन गर्नु पर्ने थियो,’ प्रधानमन्त्रीलाई उदृत गर्दै भट्टराईले भने, ‘यसका करण २३ जना थपरे २६४ केन्द्रीय सदस्य बनाउनु विधिसम्वत् हो। कुनै हालतमा फिर्ता हुँदैन।’

ओलीले पार्टीमा समूहगत वा गुटगत तरिकाले कसैसँग डिलिङ गर्न नसकिने बताएका छन्। ‘पार्टीमा सबैका कुरा सुन्न तयार छौं। तर, गुटगट हिसाबले कुनै पनि तरिकाले कुरा गर्न सकिदैन्।’, ओलीले बैठकमा भनेका छन्। 

‘हामीले पारित गरेको विधान केन्द्रीय कमिटीले अनुमोदन गरेको अवस्थामा यो अब पार्टीको विधान हो', प्रधानमन्त्री ओलीले भने,  ‘आवश्यक परेमा कालान्तरमा परिवर्तन गर्न सकिन्छ। तर, अहिले नै विधान फिर्ता गर्न सकिदैन।’

ओलीले बैठकमा पार्टीका ४ जना नेतालाई विधान विपरित कार्य गरेको भन्दै  स्पष्टीकरण मागेकोमा वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण-पत्र नकारात्मक भएको बताएका छन्। स्पष्टीकरण-पत्रको व्यर्होरा हेर्दा उनीहरु कारबाहीको भागिदर हुने ओलीको भनाई छ। 

स्पष्टीकरण आउन बाँकी नेताद्वारा सुरेन्द्र पाण्डे र घरश्याम भुसालको स्पष्टीकरण पार्टीलाई एक ढिक्का पार्ने खालको हुने आशा रहेको प्रमुख सचेतक भट्टराईले बताए।

प्रकाशित मिति: : 2021-03-26 20:37:00

प्रतिकृया दिनुहोस्