भारतमा कोरोना कहरः महाराष्ट्रमा रात्रि कर्फ्यू

Photo: Reuters
Photo: Reuters

भारतको महाराष्ट्रमा कोरोना महामारी अनियन्त्रित भएपछि राज्य सरकार थप कडाईमा लागेकाे छ।

मुख्यमन्त्री उद्धव ठाकरेले राज्यभर रात्रि कर्फ्यू लागू गर्ने निणय गरेका छन्। मुम्बईलगायत अन्य स्थानमा कोरोना संक्रमण लगातार बढिरहेको छ। मुख्यमन्त्री ठाकरेले महाराष्ट्रबासीलाई बारम्बार महामारीका लागि जारी निर्देशनहरू पालना गर्न अपील गरेपनि महामारीमा कुनै कमि देखिएन।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि राज्यमा राति ८ बजेदेखि विहान ७ बजेसम्म कर्फ्यू लागू गरिएको छ। मुख्यमन्त्री ठाकरेले राज्यका सबै जिल्ला अधिकारीहरूसँग बैठक बसेपछि रात्रि कर्फ्यूको आदेश दिएका हुन्।

कोरोना संक्रमितको संख्यामा कमि नआए नियममा थप कडाई गर्ने महाराष्ट्र राज्य सरकारले चेतावनी दिएको छ।

प्रकाशित मिति: : 2021-03-26 22:45:00

प्रतिकृया दिनुहोस्