भारत आउँदै गरेको इजरायली जहाजमाथि मिसाइल आक्रमण

Photo : The Times of Israil
Photo : The Times of Israil

इजरायलबाट सामान बोकेर भारत आउँदै गरेको मालवाहक जहाजमा मिसाइल आक्रमण भएको छ। यो आक्रमणमा इरानको हात हुन सक्नेतर्फ अन्तर्राष्ट्रिय निकायको ध्यान गएको छ। 

पछिल्लो समय इरान र इजरायलबीच कटुतापूर्ण सम्बन्ध चरममा पुगेको थियो। यसको पुष्टी भने हुनसकेको छैन। यद्यपि आक्रमणमा परेको इजरायली मालवाहक जहाज शुक्रबार भारतको गुजरातस्थित मुन्द्रा पोर्टमा अवतरण भएको छ। भारतीय सरकारले यस विषयमा कुनै टिप्पणी गरेको छैन।

इजरायली जहाज तान्जिनिया हुँदै भारत आउने क्रममा मिसाइल खसाइएको थियो। जहाजको केही ठाउँमा आगो लागेको छ। इन्जिनमा पनि केही खराबी देखिएको अन्तर्राष्ट्रिय समाचारहरूले पुष्टी गरेका छन्।

जहाज चालकदलले आगो निभाएका थिए। गत महिना ओमानमा पनि इजरायली जहाजमाथि आक्रमण भएको थियो।

२५ फेब्रुअरीको राती एमवी हेलियास रे नाम गरेको जहाजमाथि भएको आक्रमणमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमाथि दोष लगाएका थिए। इरानले भने आरोपको खण्डन गरेको थियो।

प्रकाशित मिति: : 2021-03-27 16:09:00

प्रतिकृया दिनुहोस्