दमौली खानेपानीको अध्यक्षमा श्रेष्ठ सर्वसम्वत

File photo
File photo

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा वृषराज श्रेष्ठ नेतृत्व सर्वसम्वत चयन भएका छन्। 

शुक्रबारदेखि शुरु भएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चौथो अधिवेशन तथा दशौं साधारणसभाले ७१ वर्षीय श्रेष्ठलाई सर्वसम्वत चयन गरेको हो। त्यसैगरी खुला महिलातर्फ योगिता कायस्थ, गौकुमारी न्यौपाने, विन्दु गुरुङ र सूर्यकला काफ्ले चयन भएका छन्। 

त्यसैगरी पुरुष खुल्लातर्फ माधवप्रसाद अधिकारी, विश्वेश्वर सुवेदी, दीर्घ बहादुर थापा क्षेत्री, जगतबहादुर बानियाँ, चिरौकाजी बतास, ओमबहादुर थापा र इन्द्रध्वज गुरुङ चयन भएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य श्रेष्ठले आफ्नै पानी उद्योग सञ्चालन गर्दै आएका छन्। 

निर्वाचनको तयारी गरिए पनि सबै पदका लागि सर्बसम्वत चयन  भएको निर्वाचन संयोजक अमृतबहादुर नेपालीले जानकारी दिए। खुला र महिलातर्फ गरी ११ सदस्य समितिले तीन जना मनोनित गरेर बनेको १४ सदस्यीय समितिले उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी मुख्य पदका पदाधिकारीलाई चयन गर्नेछ। 

व्यासनगरपालिकाको वडा नं २, ३ र ४ का गरी करिब तीन हजार ५०० पानीका धारा जडान गरिएको छ भने सदस्यता दुई हजार ५०० ले नवीकरण गरेका छन्। रासस  

प्रकाशित मिति: : 2021-03-27 19:16:00

प्रतिकृया दिनुहोस्