चीन र युरोपबीचको लगानी सम्झौतामा अनावश्यक राजनीतिकरण गरिएको चीनको भनाइ

Symbolic photo
Symbolic photo

चीनले यूरोपेली मुलुकहरूसँग गर्न चाहेको तर त्यहाँका केही राजनीतिज्ञहरूले यसलाई अनावश्यक राजनीतिकरण गरेको दावी गरेका छन्।

सिन्च्याङसम्बन्धी चिनियाँ नीतिबारे बोल्दै चीनले यसलाई आन्तरिकमामिला भनेको छ। 

सिन्च्याङलाई देखाई युरोपेली संघ (इयू)ले चीनमाथि लगाएको नाकाबन्दीप्रति चीनले प्रतिक्रिया जनाउँदै यसलाई अनावश्यक हस्तक्षेप भनेको छ। चीनका अनुसार कतिपय युरोपेली राजनीतिज्ञहरूले चीनको प्रगतिप्रति आरिस गर्ने गरेको चीनको दावी छ। 

हालै युरोपेली संसदले चीन युरोपबीचको लगानी सम्झौताको बैठकलाई चीनको सिन्च्याङलगायतका क्षेत्रमा मानव अधिकारको वेवास्ता गरिएको भन्दै चीनसँगको लगानी सम्झौता रद्द गरेको थियो। सम्झौतामा बाधा उत्पन्न गरेर यूरोपलाई कुनै लाभ नहुने चीनले बताएको छ। 

प्रकाशित मिति: : 2021-03-27 19:58:00

प्रतिकृया दिनुहोस्