म्यान्मारमा सैन्य सत्ताले मच्चाएको नरसंहार अमानवीय र निन्दनीयः नेपाली कांग्रेस

म्यान्मारमा निर्दोष नागरिकमाथि सेनाले बर्बर दमन गरिरहेको छ। दुई महिनादेखि उनीहरू सैन्य जुन्ताको त्रासमा बाँचिरहेका छन्। सैन्य शासनको अत्याचारले सीमा नाघेको छ।

देशभर सैन्य ‘कू’को विरोधमा उत्रिएका चार सयभन्दा बढी प्रदर्शनकारी सुरक्षा फौजद्वारा मारिएका छन्। नेपाली कांग्रेसले म्यान्मारको लोकतान्त्रिक आन्दोलनप्रति एक्यवद्धता जनाउँदै सैन्य दमनप्रति आपत्ति जनाएको छ।

पछिल्ला केहिदिन यता सैन्य सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएकाे कांग्रेसले जनाएकाे छ।

लोकतन्त्रवादी नेतृ आङ सान सु कीलगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुन:स्थापित गर्न म्यान्मारको सैन्य सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दबाब बढाउन आवश्यक देखिएको आइतबार प्रवक्ता विश्वकप्रकाश शर्माले विज्ञप्ति जारी गरी उल्लेख गरेका छन्।

म्यान्मारको पछिल्लो 'कू' लगत्तै विरोध प्रकट गरेर भइरहेका घटनाक्रमलाई कांग्रेसले निरन्तर नियालि रहेकाे बताएकाे छ। जुन्ता सरकारले मच्चाएको रक्तपात रोक्न म्यान्मारका जनताको पक्षमा विश्वभरबाट आवाज उठाउन अत्यावश्यक रहेकाे कांग्रेसकाे भनाइ छ।

दमनका विरुद्ध लोकतन्त्रका पक्षमा फेरिपनि आफ्नो अभिमत प्रकट गर्दै म्यान्मारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमी गरिनुपर्ने आवश्यकता र अभियानका पक्षमा एक्यवद्ध हुन नेपाली कांग्रेसले सबै दल, संघसंस्था र सरकार समेतलाई अपील गरेकाे छ।

अन्तर्राष्ट्रिय जगतले यसको निन्दा गरेपनि म्यान्मार सेनाले कुनै मतलब गरेको छैन।


म्यान्मार सेनाको क्रूरताः खेलिरेहका एक वर्षीय बालकमाथि गोली प्रहार

म्यान्मारमा जारी ‘कू’विरूद्धको आन्दोलनमा २५४ प्रदर्शनकारीको मृत्यु

म्यान्मार सैन्य 'कू': सुरक्षा फौजद्वारा शुक्रबार ११ जनाको हत्या

म्यान्मार नरसंहारः एकै दिन ११४ प्रदर्शनकारी मारिए (भिडियो)

म्यान्मारमा एकैदिन मारिए ९० प्रदर्शनकारी, सैन्य 'कू' यताकै घातक शनिबार

म्यान्मार सैन्य 'कू'को विरोधमा उत्रेका सयौं विद्यार्थी पक्राउ

जुन्ता सरकारको गोलीबाट साथीसँग खेलिरहेकी १६ वर्षीया किशोरीको हत्या

म्यान्मारमा एकैदिन ६० प्रदर्शनकारीको मृत्युपछि 'सैन्य कानून' लागू

म्यान्मार सैन्य 'कू'विरूद्ध उत्रेका १ सय ३० प्रदर्शनकारीको मृत्यु

म्यान्मारको सेनाद्वारा गर्भवती महिलाको हत्या

प्रकाशित मिति: : 2021-03-28 17:08:00

प्रतिकृया दिनुहोस्