बिएल संवाददाता
म्यान्मार सेनाले अन्धाधुन्ध रबरको गोली चलाउँदा शनिबार एक वर्षीय बालक गम्भीर घाइते भएका छन्।
रंगुनस्थित थामिन बस्तीमा खेलिरेहका अबोध बालकको आँखामा सेनाले प्रहार गरेकाे रबरको गोली लागेको हो। आँखामा रबरको गोली लागेका ती बालकको एक अस्पतालमा उपचार भइरहेको छ।
बालबालिकाको क्षेत्रमा काम गर्ने गैर–सरकारी संघ–संस्थाले उक्त घटनाको तिब्र आलोचना गरेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले बालकलाई स्वास्थ्य लाभको कामना गरेका छन् भने सेनाप्रति घृण व्यक्त गरेका छन्।
म्यान्मारमा पछिल्लो समय प्रदर्शनकारीसँगै बालकालिकाहरू समेत सुरक्षित छैनन्।
‘कू’यता दिनदिनै सेनाले बालबालिकाहरूको हत्या गरिरहेको छ।यसै साता माण्डले शहरमा बुवाको खासमै एक नौ वर्षीय बालिकाको हत्या गरेको सैन्य जुन्ताले शनिबार एक वर्षीय एक अबोध बालकमाथि रबरको गोली प्रहार गरेको छ।
सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदा शनिबार ६ जना बालबालिकासहित ११४ प्रदर्शनकारी मारिएका छन्।
म्यान्मारमा निर्दोष नागरिकमाथि सेनाले बर्बर दमन गरिरहेको छ। दुई महिनादेखि उनीहरू सैन्य जुन्ताको त्रासमा बाँचिरहेका छन्। सैन्य शासनको अत्याचारले सीमा नाघेको छ।
देशभर सैन्य ‘कू’को विरोधमा उत्रिएका चार सयभन्दा बढी प्रदर्शनकारी सुरक्षा फौजद्वारा मारिएका छन्।
मोगोकनिवासी पत्रकार तथा साहित्यकार ज्ञानबहादुर बगाले थापाले म्यान्मार युद्धभूमि भएको बताउँछन्। देशका विभिन्न स्थानमा दिनहुँ गोली चलिरहेको उनले बताए।
अन्तर्राष्ट्रिय जगतले यसको निन्दा गरेपनि म्यान्मार सेनाले कुनै मतलब गरेको छैन।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया