त्रिदेशीय फुटबलः नेपाललाई जित दिलाउन सन्जोग राईले गरे पहिलो अन्तराष्ट्रिय गोल

त्रिदेशीय फुटबलको फाइनल खेलमा नेपालले पहिलो गोल गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा बगंलादेशविरुद्ध नेपालले १७ औं मिनेटमा गोल गरेको हो। 

नेपाललाई जित दिलाउन सन्जोग राईले गोल गरेका थिए। उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो। 

नेपालले पछिल्ला आठ अन्तराष्ट्रि खेलमा कुनै पनि गोल गर्न सकेको थिएन।  नेपालले गत चैत १२ गते किर्गिस्तानको यू–२३ र १४ गते बंगलदेशसँग गोलरहित बराबरी खेल्दै फाइनलमा पुगेको हो।

फिफा विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेविरुद्ध अन्जन बिष्टले दुई गोल गरेपछि नेपाल गोल विहिन रहेको थियो। त्यसपछि मात्रै नेपालले  बंगलादेशसँग मात्रै ३ पटक खेलिसकेको छ। 
 

प्रकाशित मिति: : 2021-03-29 17:57:00

प्रतिकृया दिनुहोस्