हामी त जसोतसो बच्यौं, अरू?

सेतोपाटी

काठमाडौँ

पढिरहेको स्कुल घरभन्दा अलि धेरै पर थियो। चर्को घाममा दुई किलोको झोला बोक्दै दुई किलोमिटर हिँडेर घर आइपुग्दा, खुट्टा पानीले भिजेका पानाजस्तै हुन्थे। गलेर फतक्क।

त्यसैले तीन कक्षा सकेर चारमा पुगेपछि, नजिकैको नयाँ स्कुलमा सरूवा भयो। नयाँ ड्रेस, नयाँ रिबन अनि बुवाको पालिस दलेर पुरानै भए पनि टिलिक्क पारेका जुत्ता। म उज्याली भएर नयाँ स्कुल पुगेँ। 

पुगेकै दिन नयाँ स्कुलमा नयाँ कुरा सिकियो।

त्यसअघि मलाई थाहा भएको, स्कुल कि सरकारी हुन्छ कि बोर्डिङ। तर बोर्डिङ स्कुलकै पनि अरू थुप्रै हाँगाबिँगा हुने रहेछन्। मोटो हाँगामा अग्लो भवन ठड्याउने एउटा, मसिना हाँगामा भाडाको भवनभित्र जेनतेन झुन्डिने अर्को। थरीथरीका। जति धेरै महँगो, जति धेरै स्कुल बस, जति चौडा चउर अनि जति धेरै सेक्सन, स्कुल उति ठूलो हुने रहेछ। 

प्रकाशित मिति: : 2021-03-29 23:19:00

प्रतिकृया दिनुहोस्