दुई म्यागासेसे विजेताको सरप्राइज भेट

सेतोपाटी

काठमाडौँ

सन् २००९ मा रिलिज सुपरहिट बलिउड फिल्म 'थ्री इडियट्स' मा अभिनेता आमिर खानले एक यस्ता वैज्ञानिकको भूमिका गरेका थिए, जसका नाममा चार सयभन्दा बढी पेटेन्ट दर्ता छ। संसारभरका बहुराष्ट्रिय कम्पनी उनको पछि लागेका छन्।

ती वैज्ञानिक भने सहरको चकाचौंध र नाम-दामबाट टाढा लद्दाखको दुरदराज गाउँमा केटाकेटीहरूको निम्ति स्कुल चलाइरहेका छन्।

उनको स्कुल आमस्कुलभन्दा फरक छ। त्यहाँ किताबी पाठ घोकाइँदैन, बरू विद्यार्थीहरूको दैनिक जीवनमा काम लाग्ने व्यवहारिक शिक्षा दिइन्छ। उनको स्कुलमा अन्तरिक्ष सुट लगाएका विद्यार्थी यस्तरी हिँडिरहेका हुन्छन्, मानौं चन्द्रमाको सयर गर्दै छन्।

साइकलको प्याडल चलाएर उनीहरू भेँडाको ऊन कात्छन्। स्कुटरको इञ्जिनबाट मकै पिस्छन्। र, स्कुल परिसरभित्र 'मूत्र विसर्जन' गर्नेलाई करेन्टको झट्का दिन पनि उनीहरू माहिर छन्।

प्रकाशित मिति: : 2021-03-31 06:59:00

प्रतिकृया दिनुहोस्